२२ जेठ २०८३, शुक्रबार

बर्दिवास नगरपालिकाका प्रमुख क्षेत्रीको घोषणा : कुनै पनि सेवा सुविधा लिन्न

बर्दिवास नगरपालिकाका प्रमुख क्षेत्रीको घोषणा : कुनै पनि सेवा सुविधा लिन्न

महोत्तरीको बर्दिवास नगरपालिकाका नव निर्वाचित प्रमुख प्रह्लाद क्षेत्रीले कुनै पनि प्रकारको सेवा सुविधा नलिने घोषणा गरेका छन्। 

निवर्तमान प्रमुखले चढेको गाडीलाई एम्बुलेन्सको रुपमा प्रयोग गरिने समेत उनले बताएका छन्।

'आज बसेको नगरपालिकाको कार्यपालिका बैठकबाट सुत्केरी भत्ता नगरको तर्फबाट दिइने निर्णय भएको छ,' नगरप्रमुख क्षेत्रीले लोकान्तरसँग भने,'मैले कुनै पनि सेवा सुविधा नलिने र निवर्तमान प्रमुखले चढ्ने गाडी एम्बुलेन्सको रुपमा प्रयोग गर्ने भनेर उद्घोष गरेको छु।' 

उद्घोष गरिएको ती कुराहरू आगामी कार्यपालिकाको बैठकबाट निर्णय गरिने उनले बताए।
 

salt training

कमेन्ट गर्नुहोस्