
बागमती प्रदेश सरकारले शुक्रवार (आज) प्रदेश सभामा विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दैछ ।
आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सभामा आगामी आर्थिक वर्ष २०७९/०८० का लागि विनियोजन विधेयक २०७८ का सिद्धान्त र प्राथमिकता (प्रि–बजेट) प्रस्तुत गर्ने कार्यतालिका तय भएको हो ।
प्रदेश सभाका सचिव कृष्णहरि खड्काले कार्य व्यवस्था परामर्श समितिको बैठकले शुक्रबार बस्ने प्रदेश सभाको बैठकमा प्रि–बजेट प्रस्तुत गरी छलफल अगाडि बढाउने निर्णय भएको जानकारी दिए ।