२५ जेठ २०८३, सोमबार

कस्तो रहला आज दिनभरको मौसम ?

कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशमा स्थानीय वायु, भारतको विहारको आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार बिहान पहाडी भूभागमा आंशिकदेखि  सामान्य बदली छ भने प्रदेश १ का एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भएको छ ।

दिउँसो पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । राति प्रदेश १, मधेस प्रदेशका थोरै र बाँकी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

शनिबार प्रदेश १ र मधेस प्रदेश लगायत देशको पहाडी भूभागका थोरै स्थानमा मेघ गर्जन र चट्याङ र  हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।
 

salt training

कमेन्ट गर्नुहोस्