२२ जेठ २०८३, शुक्रबार

भुइँ मान्छेदेखि बागीसम्म ३ सय ८५ स्वतन्त्र उम्मेदवार विजयी

जेठ १३, २०७९
भुइँ मान्छेदेखि बागीसम्म ३ सय ८५ स्वतन्त्र उम्मेदवार विजयी

३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा देशभरमा १३ पालिकाको प्रमुखसहित ३ सय ८५ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । स्थानीय तह निर्वाचनमा राजनीतिक दलबाट टिकट नपाएर बागी उठेका देखि समाजमा आन्दोलनको नेतृत्व गरिरहेका भुइँमान्छेसम्मले स्वतन्त्र रूपमा उम्मेदवारी दिएर जित हात पारेका हुन् ।

निर्वाचन आयोगको विवरणअनुसार देशभरका ७ सय ५३ पालिकामध्ये १३ पालिकामा स्वतन्त्र उम्मेदवारले पालिकाको प्रमुख÷अध्यक्ष पदमा नेतृत्व हात पारेका छन् । यस्तै, चार जना स्वतन्त्र उम्मेदवार पालिकाका उपप्रमुख÷उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । यसैगरी, देशभरका ६ हजार ७ सय ४३ वडामध्ये १ सय ३७ वडाको वडा अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार निर्वाचित बनेका छन् भने देशभरमा गरी ५७ जना महिला वडा सदस्य पदमा स्वतन्त्र रूपमा निर्वाचित भएका छन् ।

यस्तै, दलित महिला वडा सदस्यतर्फ देशभरमा गरी ५५ जना स्वतन्त्र उम्मेदवारले जित निकाल्दा खुला वडा सदस्यमा देशभरमा १ सय १९ जना स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । देशको राजधानी काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह निर्वाचित भए । राजधानी दैनिकमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्