×

NMB BANK
NIC ASIA

मल्टीस्टारर ‘कबड्डी ४’ आजदेखि प्रदर्शनमा

जेठ १३, २०७९

NTC
Premier Steels

काठमाडौं । मल्टीस्टारर नेपाली चलचित्र ‘कबड्डी ४’ आज (शुक्रवार)देखि देशभरका हलमा प्रदर्शनमा आएको छ ।

Muktinath Bank

दयाहाङ राई, सौगात मल्ल र मिरुना मगर स्टारर कमेडी जनराको यो चलचित्रले कोरोना महामारीयताकै सर्वाधिक कमाई गर्ने अनुमान गरिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

देशको सबैभन्दा ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्स एक्लैले प्रदर्शनको पहिलो दिन चलचित्रलाई १ सय बढी शो उपलब्ध गराएको छ ।


Advertisment
Nabil box
Kumari

यो चलचित्र प्रदर्शनको इतिहासमा कुनै चलचित्रले पाएको आजसम्मको सर्वाधिक शो हो । चलचित्रलाई अन्य मल्टिप्लेक्स हलहरूले पनि राम्रो शो दिएका छन् । चलचित्रको टिकट बिक्री पनि आक्रामक देखिएको छ ।  

Vianet communication

रामबाबु गुरुङ निर्देशित चलचित्रमा दयाहाङ, सौगात र मिरुनाका अलावा गौमाया गुरुङ, बुद्धि तामाङ, विजय बराल, पुष्कर गुरुङ, कमलमणि नेपाल, कविता आले, स्वर्गीय जयनन्द लामा, प्रकाश घिमिरे, माओत्से गुरुङ, उपेन्द्र सुब्बा लगायतको अभिनय छ ।

चलचित्रको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । मणिराम पोखरेल, विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, ओम चन्द रौनियार निर्माताका रुपमा छन् । शैलेन्द्र डी. कार्कीको छायांकन रहेको चलचित्रलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । चलचित्रको बिहीवार साँझ राजधानीमा रेड कार्पेट प्रिमियर शो समेत गरिएको थियो । जहाँ अधिकांशले चलचित्र अघिल्ला सिरिजभन्दा रमाईलो लागेको बताएका छन् । 

‘कबड्डी’का यसअघिका तीनवटै भाग सुपरहिट भएका थिए । ‘कबड्डी ४’ले लगानी भने प्रदर्शन अगावै ओभरसिज र डिजिटल राइटस्बाट सुरक्षित गरिसकेको छ । यो चलचित्र असारको पहिलो साता नेपाली भाषीको बसोबास रहेको भारतका १५ सहरमा प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

बैशाख ६, २०८१

यतिबेला भारतमा बलिउडका स्टार अभिनेताहरूमाथि सुरक्षा खतरा बढेको छ । सलमान खानपछि शाहरख खानमाथि पनि सुरक्षा खतरा बढेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।  केही दिनअघि मुम्बईस्थित सलमानको घरबाहिर फ...

कात्तिक २८, २०८०

अहिलेका सर्वाधिक हिट अभिनेता हुन् दयाहाङ राई । उनि अभिनीत एकपछि अर्को फिल्मले हलमा राम्रो व्यापार गरेका छन् ।  यसवर्ष पनि उनको शीर्ष भूमिका रहेको ‘जारी’ र ‘नाङ्गो गाउँ’ले राम्र...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

कात्तिक २०, २०८०

‘लुट’बाट सेलिब्रिटी निर्देशकको छवि बनाएका निश्चल बस्नेत निर्देशित आगामी चलचित्र ‘दिमाग खराब’ यही शुक्रवारबाट प्रदर्शनमा आउँदैछ ।  तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x