
नेपाली बजारमा शुक्रवार सुनको मूल्य बढेको छ ।
यस दिन सुन प्रति तोला ९८ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन यस्तो सुन प्रति तोला ९७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदी प्रति तोला १ हजार २८० रुपैयाँमा कारोबार भइरहेको छ ।
अघिल्लो दिन चाँदी प्रति तोला १ हजार २७० रुपैयाँमा कारोबार भएको थियो ।