०८ साउन २०८३, शुक्रबार

केशव स्थापितले दिए बालेन र सुनितालाई बधाई

केशव स्थापितले दिए बालेन र सुनितालाई बधाई

काठमाडौं महानगरको प्रमुखमा पराजित भएका एमालेका केशव स्थापितले प्रमुख बालेन साह र उपप्रमुख सुनिता डंगोललाई बधाई तथा शुभकामना दिएका छन् । 

मतदातालाई फेसबुकमार्फत् धन्यवाद व्यक्त गर्दै उनले स्वतन्त्रबाट जितेका साह र एमालेकी डंगोललाई बधाई दिएका हुन् । 

‘निर्वाचनमा पराजय भोग्दै गर्दा ‘काठमाडौं महानगरपालिका’मा मेयर पदमा निर्वाचित बालेन साहलाई म शुभकामना भन्न चाहन्छु । काठमाडौं महानगरवासीले तपाईंमाथि भरोसा गर्दै मतपेटिकामा खसालेका हरेक पत्रपत्रको तपाईंले सम्मान गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु,’ उनले भनेका छन्, ‘पाँच वर्षे कार्यकालमा तपाईंको विपक्षमा मतदान गर्ने मतदाताको पनि मन जित्ने काम गर्नुहुनेछ भन्ने अपेक्षा पनि लिएको छु । काठमाडौंको विकास र समृद्धिसँगै तपाईंले चालेका हरेक सकारात्मक काममा रचनात्मक सहयोग अवश्य रहने छ । यद्यपि, तपाईंले गरेका हरेक कमजोरीमा भने म निरन्तर खबरदारी अवश्य गरिरहने छु ।’

उनले डंगोललाई आशा बोकेको युवा भन्दै आफ्नो कार्यकालमा सबै महानगरवासीको सेवक भएर काम गर्ने विश्वास व्यक्त गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्