असार २२, २०७९
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले छानबिनका लागि मार्ग प्रशस्त गरेको घोषणा गरेका हुन् । 'छानबिनका लागि मार्गप्रशस्त गर्दै आफ्न...
काठमाडाैं | जेठ १३, २०७९
उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले शुक्रवार संसदमा बोलेका शब्द रेकर्डबाट हटाउनु पर्ने नेकपा एमालेको अडानका कारण १५ मिनेटका लागि स्थगित प्रतिनिधि सभाको बैठक बस्न ढिलाई भएको छ ।
१५ मिनेटका लागि भन्दै बिहान साढे ११ बजे स्थगित भएको बैठक दिउँसो साढे १ बजेसम्म शुरू हुन सकेको छैन ।
बैठक शुरू गर्न कार्यव्यवस्था परामर्श समितिमा रहेका सदस्यहरूबीच अहिले सभामुख अग्नि सापकोटाको कार्यकक्षमा छलफल भइरहेको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीवार प्रतिनिधि सभामा गरेको सम्बोधनका कतिपय कुरालाई मन्त्री बडुले स्तरहीन, रोदन र कुण्ठा भनेपछि एमालेले संसदमा आपत्ति जनाएको थियो ।
कमिसनको लोभमा नेपाल आयल निगमलाई निजीकरण गर्न लागिएको भन्ने ओलीको आरोप राजनीतिक पूर्वाग्रह प्रेरित र स्तरहीन भएको मन्त्री बडुले टिप्पणी गरेका थिए ।
ओलीमाथि लगाइएको आरोप र असंसदीय शब्द संसदको रेकर्डबाट हटाउनु पर्ने माग गर्दै एमालेले प्रतिनिधि सभामा उठेर विरोध जनाएका थिए ।
त्यसपछि सभामुख सापकोटाले प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए ।
प्रतिनिधि सभा बैठकमा सरकारका नीति तथा कार्यक्रममाथि छलफल गर्ने कार्यसूची छ ।
गतवर्षको भदौ २३ देखि एमालेले प्रतिनिधि सभा बैठक अवरुद्ध गरेको थियो ।
जेठ ३ गतेदेखि प्रतिनिधि सभामा एमालेले अवरोध हटाएको थियो ।
अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । बुधवार प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले छानबिनका लागि मार्ग प्रशस्त गरेको घोषणा गरेका हुन् । 'छानबिनका लागि मार्गप्रशस्त गर्दै आफ्न...
कोरोना भाइरस सङ्क्रमण दैनिक बढिरहेको छ । पछिल्लो २४ घण्टामा ११३ जनामा संक्रमण देखिएको हो । मंगलवार मात्र ९० जनामा संक्रमण पुष्टि भएको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. संग...
निर्वाचन आयोगको टोलीले बुधवार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर मंसिर २ गते प्रतिनिधि सभाको चुनाव गर्न प्रस्ताव गरेको छ । आगामी निर्वाचनको मिति प्रस्ताव गर्न प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार ...
पश्चिम नेपालको प्रमुख व्यापारिक केन्द्र मानिने बाँकेमा आगामी प्रतिनिधिसभा निर्वाचनमा प्रभाव देखाउन दलहरू तयारीमा जुटेका छन् । स्थानीय निर्वाचनमा ‘क्लिन स्वीप’ भएको नेकपा एमाले धूलो टक्टक्याउँदै प्रत...
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि समयमै घोषणापत्र बनाउने बताएका छन् । त्यसका लागि हेडक्वार्टरमा सुझाव दिन उनले पार्टीका केन्द्रीय सदस्यहरूलाई आग्रह समेत गर...
‘हाई प्रोफाइल’ खाग तस्करी प्रकरणमा जोडिएका दाजुभाइ राजकुमार, बमबहादुर र रामकुमार प्रजाले ४९ गैंडा मारेर खाग तस्करी गरेको खुलेको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले असार १६ गते चितवनको ...
‘सौ चुहा खाके बिल्ली चला हजको’ (सय मुसा खाएर बिरालो हज गयो ) भन्ने हिन्दी उखानलाई चरितार्थ गर्ने गरी नारायणहिटी दरबारभित्रको बतास काण्ड, पशुपतिनाथ धर्मशाला, वायुसेवा निगमको वाइडबडी, ओम्नी ग्रुप क...
गएको जेठ महिनायता (यो आलेख लेख्दासम्म) मैले ललितपुर महानगरपालिका वडा नम्बर २२ स्थित चुनिखेल र भैँसेपाटीको उकालोमा राज्यले थापेको धरापमा परेर लडेका चारजना स्कूटी चालक (आमा–बच्चासहित)लाई आफ्नो गाडीमा र...
विदेशी मुद्रा सञ्चिति नै अर्थतन्त्रको अवस्था देखाउने एउटा चित्र हो । सामान्यतया धनी देशहरूमा ३ महिनाका लागि विदेशी मुद्राको सञ्चिति भए पनि पुग्छ । तर, नेपालजस्तो गरीब देशका लागि भने कम्तिमा ६ महिनाका लागि मौज्दा...