०६ साउन २०८३, बुधबार

नेपाली भन्दै भारतमा हेपिएकी महिलाले गर्दैछिन् समाजसेवा

जेठ १३, २०७९
नेपाली भन्दै भारतमा हेपिएकी महिलाले गर्दैछिन् समाजसेवा
तस्वीर स्रोत : Dainik Bhaskar

इन्डिगो एयरलाइनका एक व्यवस्थापकले अपांगता भएका एक बालकलाई राँची विमानस्थलमा विमान चढ्न दिएनन् । 

अन्य यात्रीहरूका लागि जोखिम हुने भन्दै बच्चालाई विमान चढ्नबाट रोकिएको हो । 

भारतको पूर्वोत्तरमा रहेको नागाल्यान्ड राज्यमा जन्मिएकी नम्रता शर्माले घटनापछि अपांगता भएका मानिसलाई समाजले गर्ने दुर्व्यवहारविरुद्ध अदालतमा निवेदन दिइन् । उनी आफैं एक कानले सुन्न सक्दिनन् । 

आफू गोर्खा समुदायको सातौं पुस्ता भएको नम्रता बताउँछिन् । आफ्नो मातृभाषा नेपाली भएको उनी बताउँछिन् । गोर्खा समुदायमाथिको विभेद अहिलेसम्म कायम रहेकोमा उनको गुनासो छ । 

मेघालयमा स्नातकोत्तर सकेपछि नम्रताले बिहारमा जागिर पाइन् । उनले ग्रामीण विकासको क्षेत्रमा काम गर्न थालिन् । 

जागिर पाएलगत्तै उनको कानमा समस्या आयो । मेघालय र बिहारको जलवायु नमिलेकाले अनि काममा डुबेर खानपिन नियमित नहुँदा डिहाइड्रेसन भएर उनको कानका नसाहरू सुके । त्यसपछि उनी सुस्तश्रवण भइन् । 

उनले कुनै कुरा एकैचोटिमा नसुन्दा सहकर्मीहरू पनि ए, बहिरी भन्दै बेस्सरी हाँस्थे । एक कानले नसुन्नेलाई त यसरी मजाकमा उडाइन्छ भनेर ठूलै अपांगता भएकाहरूलाई समाजले कस्तो व्यवहार गर्ला, उनी सोध्छिन् । 

आफूलाई नेपाली कहीँ की भनेर पनि हेपिने गरेको तीतो अनुभव उनी साझा गर्छिन् ।

अहिले उनी दलित तथा आदिवासी महिलाहरूका लागि काम गरिरहेकी छन् । अझ तिनमा पनि अपांगता भएका मानिस छन् भने त उनीहरू दोहोरो सीमान्तीकृत हुन पुग्छन् । त्यसैले उनीहरूको आवाज बन्न नम्रतालाई प्रेरित गरेको थियो । 

मानवता हराउँदै गएको भनी नम्रता चिन्ता गर्छिन् । अपांगता भएका व्यक्तिप्रति संवेदनशील हुन उनी सबैलाई आग्रह गर्छिन् ।
 

salt training

कमेन्ट गर्नुहोस्