०६ साउन २०८३, बुधबार

१०१ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

साउन ६, २०८३
विराटनगर
१०१ ग्राम खैरो हेरोइनसहित दुई जना पक्राउ

लागुऔषध नियन्त्रण ब्यूरोले मोरङबाट १०१ ग्राम खैरो हेरोइनसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।

ब्यूरोको विराटनगर शाखाबाट खटिएको प्रहरी टोलीले बुधबार मोरङको रंगेली नगरपालिका–७ बाट भारतको अररिया जिल्ला बोकेहवा मुसहरा निवासी २८ वर्षीय मोहम्मद मुन्ना र २५ वर्षीय मोहम्मद मुकुललाई पक्राउ गरेको हो।

उनीहरूको साथबाट १०१ ग्राम खैरो हेरोइन बरामद गरिएको ब्यूरोले जनाएको छ। साथै भारतीय नम्बर प्लेट बीआर ३८ एएस ७१९३ र बीआर ३८ एक्यू ८२४३ नम्बरका दुई वटा मोटरसाइकल तथा दुई थान मोबाइल फोन पनि बरामद गरिएको छ।

पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कानूनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय रंगेली, मोरङमा बुझाइएको ब्यूरोले जनाएको छ।

salt training

कमेन्ट गर्नुहोस्