
इंग्लिस क्लब टोटेनहमले क्रोएसियन विंगर इभान पेरिसिचलाई अनुबन्ध गर्ने भएको छ ।
प्रिमियर लिग क्लबले पेरिसिचलाई फ्री ट्रान्सफरमा इटालियन क्लब इन्टर मिलानबाट अनुबन्ध गर्न लागेको हो ।
टोटेनहमको प्रस्ताव पेरिसिचले स्वीकार गरेको जनाइएको छ ।
पेरिसिचसँग टोटेनहमले २ वर्षको सम्झौता गर्ने बताइएको छ ।
३३ वर्षीय पेरिसिच २०१५ मा उल्फ्सवर्गबाट इन्टर आएका थिए ।