१४ असार २०८३, आइतबार

मोरङमा एक पुरुषको शव फेला, हत्याको आशंका

मोरङमा एक पुरुषको शव फेला, हत्याको आशंका

मोरङको कटहरी–१ महेशपुरमा एक व्यक्ति मृत फेला परेका छन् । 

कटहरी–२ आदर्श टोलका ५० वर्षीय तुलसी श्रेष्ठ मृत फेला परेको प्रहरीले जनाएको छ । 

श्रेष्ठको आँखामाथि निधारको भागमा चोट रहेको मोरङ प्रहरीले जनाएको छ । 

हत्या गरेपछि शव खेतमा फ्याँकेको हुन सक्ने प्रहरीको अनुमान रहेको छ । 

घटनास्थलमा पुगेर मोरङ प्रहरीका डिएसपी राजन कार्की नेतृत्वको टोलीले अनुसन्धान थालेको छ ।

उनको हत्या भएको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

शव सडक छेउको नालीनजिकै बाँझो खेतको डिलमा फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्