०९ साउन २०८३, शनिबार
तारा एयरको विमान सम्पर्कविहीन

अन्तिम सम्पर्क १०:०७ मा घोडेपानीबाट, ६ विदेशी र चालक दलसहित १६ नेपालीको अवस्था अज्ञात

अन्तिम सम्पर्क १०:०७ मा घोडेपानीबाट, ६ विदेशी र चालक दलसहित १६ नेपालीको अवस्था अज्ञात

पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

९:५५ मा १९ जना यात्रु र ३ जना चालक दलका सदस्य लिएर उडेको विमान १०:०७ देखि सम्पर्कविहीन भएको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरकाअनुसार विमानमा विमानमा चालक दलका ३ सदस्यका अलावा ४ भारतीयसहित ६ विदेशी र १३ नेपाली यात्रु सवार थिए ।

उनका अनुसार अन्तिमपटक घोडेपानी क्षेत्रबाट सम्पर्क स्थापित भएको थियो । त्यसयता विमान सम्पर्कविहीन छ ।

salt training

कमेन्ट गर्नुहोस्