
आइतवार बिहान १०:०७ देखि सम्पर्कविहीन तारा एअरको विमान खोज्न फिस्टेल एयरको हेलिकप्टर परिचालन गरिएको छ ।
घोडेपानीमा अन्तिमपटक सम्पर्क भएयता कुनै सम्पर्क हुन नसकेको त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले जानकारी दिए ।
हराएको विमान खोज्नका लागि नेपाली सेनाको हेलिकप्टर प्रयोग गरिएको ठाकुरले बताए । पोखराबाट मुस्ताङको जोमसोम जान लागेको विमान बिहान १०ः०७ बजेपछि सम्पर्कविहीन बनेको हो ।
विमानमा १९ यात्रु र चालकदलका तीन सदस्य छन् । १६ जना नेपाली, ४ जना भारतीय र दुई जना तेस्रो मुलुकका विदेशी सवार रहेको ठाकुरले लोकान्तरलाई जानकारी दिए ।