
पाल्पामा एक महिनादेखि हराइरहेकी युवती मृत फेला परेकी छन् ।
रम्भा गाउँपालिका –१ अमलिकी २२ वर्षीया अस्मिता बि.क.लाई खोज्ने क्रममा शनिवार कालीगण्डकी नदीमा मृत फेला पारिएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
मृतक युवती गत बैशाख ११ गते साँझ कोही कसैलाई नसोधी घरबाट हिँडेकी थिइन् ।
उनको खोजीका लागि परिवारले प्रहरीमा हुलिया निवदेन दिएको थियो ।
खोजी गर्ने क्रममा घरदेखि ३ किलोमिटर टाढा रहेको कालीगण्डकी नदीमा उनी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।
उनका अनुसार घटनाको प्रारम्भिक अनुसन्धान पश्चात शव पोष्टमार्टमका लागि रामपुर अस्पतालमा पठाईएको छ । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।