०३ साउन २०८३, आइतबार
सम्पर्कविहीन जहाज

मुस्ताङका सीडीओ भन्छन्- विमान हराएको आशंकामा तल्लो र उपल्लो क्षेत्रमा खोजिरहेका छौं

मुस्ताङका सीडीओ भन्छन्- विमान हराएको आशंकामा तल्लो र उपल्लो क्षेत्रमा खोजिरहेका छौं

मुस्ताङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले अहिलेसम्म पनि जहाज सम्पर्कविहीन नै रहेको बताएका छन् । कुन ठाउँमा जहाज हराएको हो भन्ने अहिलेसम्म यकिन हुन नसकेको उनले बताए । 

मुस्ताङको आकाशमा आएर विमान सम्पर्कविहीन भएकाले सम्भावित सबै ठाउँमा खोजी कार्य जारी रहेको उनले बताए ।

'खास गरेर उपल्लो र तल्लो क्षेत्रका सबै ठाउँमा खोजी कार्य जारी छ,' उनले लोकान्तरसँग भने, 'बिहानैदेखि कुहिरोले ढाकेर मौसम प्रतिकूल भएको हुनाले पनि खोजी कार्यमा समस्या भइरहेको छ । '

यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले खराब मौसमका कारण हराइरहेको भनिएको स्थानमा हेलिकप्टर जान नसकिरहेको बताएका छन् । खराब मौसमका कारण फिस्टेल एयर र नेपाली सेनाको हेलिकप्टरसमेत जान नसकेको उनले बताए । 

हेलिकप्टर जान नसकेपछि स्थलमार्गबाट समेत नेपाली सेना र प्रहरी परिचालन गरिएको ठाकुरले लोकान्तरलाई जानकारी दिए ।

पोखराबाट मुस्ताङको जोमसोम लागि उडेको तारा एयरको जहाज दुई वटा उडान सकेर तेस्रो उडान गर्दैगर्दा घोडेपानी क्षेत्रको लेतेबाट हराएको थियो । 

जहाज ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको थियो । यो जहाज १० बजेर ७ मिनेटदेखि विमास्थलको सम्पर्क टुटेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्