२३ असार २०८३, मंगलबार
सन्दर्भ : गणतन्त्र दिवस

गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

जेठ १५, २०७९
गणतन्त्रमा मदनको सम्झना र एमालेको समीक्षा– दासढुंगा टु सौराहा

हामीले चौधौं गणतन्त्र दिवस मनाइरहँदा गणतन्त्रको उत्कट अभिलाषा राखेका तर गणतन्त्र देख्न नपाएका नेपाली वाम आन्दोलनका चर्चित नेता क. मदन भण्डारीबारे चर्चा गर्नु सान्दर्भिक हुनेछ ।

नेपालको वाम आन्दोलनलाई दिशानिर्देश गर्न, शक्ति सन्तुलन गर्न र शक्ति सञ्चय गर्न मनमोहन अधिकारीलाई पार्टी अध्यक्ष मान्न तयार क. मदन भण्डारी जीवित भएको भए शायद नेकपा एमालेलाई विना कुनै हिच्किचाहट माओवादी केन्द्रमा मर्जको प्रस्ताव राख्थे होलान् । प्रचण्डको नेतृत्व स्वीकार गर्न र माओवादी आन्दोलनका उपलब्धिहरूको खुलेर प्रशंसा गर्न उनलाई कुनै शक्ति र प्रतिशोध एवं स्वार्थले रोक्ने थिएन ।

पार्टी एकीकरणपछि म प्रथम अध्यक्ष भन्दै अहंकारले डुक्रिनुभन्दा प्रचण्डजी प्रथम अध्यक्ष हो, किनकी अढाइ सय वर्ष लामो राजतन्त्रलाई  जरैबाट उखेलेर फ्याँक्न सशस्त्र संघर्षको आँधीबेहरी सिर्जना गर्ने क. प्रचण्डलाई म हृदयदेखि स्यालुट गर्न चाहन्छु भन्दै मदनले पार्टीलाई थप मजबुत र एक ढिक्का बनाउन हमेशा भूमिका खेल्थे होलान् ।

चरम व्यक्तिवाद र आत्मअहंकारको घोडामा चढेर वामपन्थी खास्टो ओढेका नक्कली कम्युनिस्ट मदन भण्डारी थिएनन् । देश, जनता र परिवर्तनप्रतिको उनको तृष्णा वास्तवमै एक कम्युनिष्ट विचारबाट निर्देशित थियो । विडम्बना मदनको मृत्युको सम्झनाले नेपालका वाम पार्टीहरूलाई ३ दशकपछि पनि स्तब्ध तुल्याएकै छ ।

क. मदन भण्डारीको व्यक्तित्व र विचारप्रति मेरो हृदयमा जुन सम्मान थियो फरक आस्था र फरक पृष्ठभूमिका बावजुद पनि शायद तपाईंहरूको हृदयमा त्यत्तिकै सम्मान थियो होला । श्रीपेच खोलेर राजालाई चुनाव लड्न आह्वान गर्ने मदन भण्डारी परिस्थितिको हतकडी चुँडाल्न नसक्दा संवैधानिक राजतन्त्रात्मक संविधान स्वीकार्न बाध्य भए ।

वस्तुस्थिति, मनस्थिति र परिस्थितिमा कहिलेकाहीँ राजनेताहरूलाई अनिच्छापूर्वक सम्झौताको पंक्तिमा उभ्याइदिन्छ ।

समयको त्यही त्रिकोणात्मक संघर्षकाबीच मदन भण्डारी नोट अफ डिसेन्टसहित संवैधानिक राजतन्त्रमा सहमत हुन पुगे ।

सम्झौताको त्यो च्याप्टर अलि फरक थियो र शायद भविष्यमा जनमतकै बलमा राजतन्त्र ढाल्न सकिने रणनीतिको एक हिस्सा थियो होला भन्ने लाग्छ । 

निर्वाचनद्वारा सत्ता हत्याउन सकिने आफ्नो चाहनालाई उनले जनताको बहुदलीय जनवादका नाममा सैद्धान्तीकरण गरे त्यसमा सहमति वा असहमतिका सबाल बहसको विषय होलान् । संघर्षमा चट्टान झैं कडा र सम्झौताको टेबलमा अपेक्षित नरमपनको चारित्रिक विशेषताले उनी समकालीन कम्युनिस्ट आन्दोलनको केन्द्र भागमा थिए । सारतः मदन भण्डारीप्रति आशा र भरोसा गर्नेहरूको जमात निकै ठूलो थियो ।

विडम्बना आजभन्दा झण्डै तीन दशकअघि मदन र जीवराजलाई नारायणी नदीको किनार (दासढुंगा)मा जसरी सुनियोजित हत्या गरियो, जुन हत्याकाण्डको पर्दा कहिल्यै खुलेन । 

यसपटक त्यही नारायणी किनारमा मदन–आश्रित हत्यास्थलबाट झण्डै ३ किलोमिटर पर सौराहाको चहल–पहलद्वारा उत्पन्न परिणामले मदन भण्डारीको विचारको हत्या हुँदैछ । 

दोस्रो कुरा ओलीबाले पार्टी विभाजनको खुशियाली मनाएका छन्, त्यसका लागि उनी एकल अधिकारवाला सर्वेसर्वा प्राधिकार सम्पन्न नेता देखिने मूडमा छन् । तेस्रो, यस महाधिवेशनले जडता, संकीर्णता र कट्टरतालाई मलजल पुर्‍याएको छ । जसले गणतन्त्र रोक्ने आफ्नो चाहनामा बल पुग्ने उनको विश्वास छ । यद्यपि समयको रथ अब पछाडि फर्किने सम्भावना इतिहासको दन्तेकथाबाहेक अरू केही हुनेछैन ।

२०५० को त्यो उखरमाउलो गर्मीमा मदनको हत्याको खबरले देशव्यापी मानवसागर उर्लियो । दासढुंगा हत्याकाण्ड जहाँ मदनको भौतिक रूपले हत्या भएको थियो, त्यसमा एमालेजनमा निकै ठूलो शोक र स्तब्धता थियो । मानिसहरूले सोचे, मदन–आश्रित हत्याकाण्डपछिको व्यापक जनसहभागिताले एमालेजनमा ऊर्जा पैदा गर्नेछ । 

मार्टिन लुथर किङले भने झैं परिवर्तनको बिहानी नझुल्केसम्म, न्यायका घमाइला दिनहरू नआएसम्म, समानताको खोला नउर्लेसम्म, विभेद–शोषण–उत्पीडन अन्त्य नभएसम्म एमाले पार्टी र त्यसको चुनाव चिह्न सूर्य गरीब र निमुखाहरूको मुक्तिको प्रतीक बन्नेछ ।

अफसोच ! समयको कम्पास उल्टो घुम्दै गयो र एमालेले वैचारिक–राजनीतिक रूपमा आफूलाई विस्तारै जडता, संकीर्णता, अकर्मण्यता र यथास्थितितर्फ डोर्‍याउँदै चितवन महाधिवेशनसम्म पुग्दा घोरदक्षिणपन्थी, प्रतिक्रियावादी चरित्र ग्रहण गर्‍यो । 

यसपटक त्यही नारायणी किनारमा मदनका विचारलाई ओठे कुतर्क र भव्य तामझामको सहारामा स्किप गर्ने प्रपञ्चको शुरूआत गरियो ।

२०७८ को त्यस जाडोयाममा त्यही नारायणी किनारमा मदनको विचारलाई हलाल गर्दैगर्दा कुनै चिच्याहट सुनिएन । ज.ब.ज.का कथनी र करणीमा कुनै बहस, वादविवाद र प्रतिवाद हुन सकेन । कुनै फरक मतहरू दर्ज हुन सकेनन् । कहीँ समवेदनाको आँसु झरेको खबर सुनिएन । बरु बहुसंख्यक एमालेजनमा चेतन, अर्धचेतन वा अवचेतन जुनसुकै कारणले होस्, हर्षोल्लास देखियो ।

जसले हर्षोल्लास मनाए, उनीहरूले यो केको हर्षोल्लाहस भन्ने कुराको भेउसम्म पाएनन् । मदन भण्डारीको विचारका बहुसंख्यक मलामीले आफू मदनको एक सच्चा अनुयायी भएको भ्रमपूर्ण आभाष गरेछन् । मदनको विचारलाई नारायणीमा बगाएर लगाइने कलंकको टीका रातै रङको थियो र त्यसको नाम अवीर नै हो ।

आफ्नो पथप्रदर्शक सिद्धान्तलाई नारायणी नदीमा बगाएर एक मालिकको शरणमा पुग्दा समेत थाहा नपाउने कस्तो स्वाँठ जमात हो यो भनेर उठ्ने प्रश्नलाई मदनका अनुयायीहरूले विरोधी र विपक्षीहरूका चालबाजी सम्झिरहेका छन् । वास्तवमा उनीहरू चितवन महाधिवेशनपछि मदनको विशाल विचारको अनुयायीबाट ओलीबाको साँघुरो प्रतिशोधी ग्रन्थीको अनुयायीमा परिणत भइसकेका छन् ।

ओलीले महाधिवेशन समापन समारोहसम्म पुग्दा पहिलो कुरा नेपालको वामपन्थी आन्दोलन बिसर्जनको व्यावहारिक जिम्मा लिएका छन् र सैद्धान्तिकरूपमा त्यो आरोप अरूमाथि थोपर्ने कोशिश अहोरात्र जारी छ ।

दोस्रो कुरा ओलीबाले पार्टी विभाजनको खुशियाली मनाएका छन्, त्यसका लागि उनी एकल अधिकारवाला सर्वेसर्वा प्राधिकार सम्पन्न नेता देखिने मूडमा छन् । तेस्रो, यस महाधिवेशनले जडता, संकीर्णता र कट्टरतालाई मलजल पुर्‍याएको छ । जसले गणतन्त्र रोक्ने आफ्नो चाहनामा बल पुग्ने उनको विश्वास छ । यद्यपि समयको रथ अब पछाडि फर्किने सम्भावना इतिहासको दन्तेकथाबाहेक अरू केही हुनेछैन ।

चौथो, ओलीबाले प्रचण्डविरोधी माहोल खडा गर्न धार्मिक द्वेष सिर्जनाका लागि भूमिका खेल्ने जमर्को गर्नेछन् । जसका  लागि राम जन्मभूमि अयोध्यापूरीको नाटक मञ्चन गरिएको छ । पाँच, बचेखुचेको कम्युनिस्ट लेपन नारायणीमा पखाल्नेछन् र पार्टीलाई भक्तहरूको भीड बनाउँदै आफू मठाधीश झैं सर्वोच्च भएको अभ्यास गर्नेछन् ।

उनको घोर दक्षिणपन्थी प्रतिक्रियावादी चरित्र जुन कहिल्यै धार्मिक र कहिल्यै बयलगाडाका अभिव्यक्तिमार्फत सतहमा आउँछन्, त्यसको व्यावहारिक कार्यान्वयन आजसम्म मदन भण्डारीकै विचारले रोकेको थियो । 

अब त्यस विचारको अन्त्यका लागि यो सबै तामझाम भएको छ । महाधिवेशनमा विदेशी पाहुनाका तर्फबाट भाजपा, देशभित्रबाट राप्रपा–कमल थापा र स्थानीय स्तरबाट कृत्रिम राम र अयोध्यापुरीको सशक्त उपस्थितिमा मदनको विचारको साइलेन्स किलिङ प्रक्रिया अघि बढ्यो । कुनै बेला एमालेका ५१ बुँदे अपराधनामक बूकलेट हातमा बोकेर देशदौडाहामा निस्केका घनश्याम भुसाल र योगेश भट्टराईहरू मदनको विचार हत्याका निरीह साक्षी बनिरहेका छन् । कठिन समयमा उनीहरूको यस निरीहतालाई धिक्कार्नबाहेक इतिहासले के नै गर्न सक्छ र ?

चितवन महाधिवेशनको प्रभाव २०७९ को यस स्थानीय निर्वाचनसम्म आइपुग्दा प्रस्ट देखिएको छ । एका हातमा कमल थापा र गीता बोकेर हिन्दू भोट बटुल्ने र अर्को हातमा एकनाथ ढकाल र बाइबल बोकेर विदेशी नोट बटुल्ने दोहोरो चरित्र र धार्मिक गोरखधन्दा माथि पर्दा हाल्न अरूमाथिको हावादारी प्रहार, उजेजनात्मक र उत्ताउलो शैलीको बनाइएको छ । कतै कमल थापा, कतै राजेन्द्र लिङदेन, कतै सीके राउत, कतै विप्लव हावादारी गफास्टहरूसँगको तालमेल, सहकार्य र मोर्चाबन्दीले ओलीको राजनीति जाँतो घुमे झैं यथास्थिति र जडताको चक्कर काटिरहेको छ । 

स्थानीय निर्वाचनमा अख्तियारले डामेका, घोर प्रतिक्रियावादी, गणतन्त्रविरोधी, जड, संकीर्ण र यथास्थितिवादीहरूको प्रतिगामी मोर्चा बनाएर उनले आफ्नो परिवर्तनविरोधी छविको परिचय अझ सबैले देख्नेगरी खुलाएका छन् ।

अझ सबैभन्दा अचम्मको कुरा त के भने गठबन्धनका विरुद्ध एमाले एक्लै लडेको र लोकप्रिय भोट ल्याएको दाबी गर्दैछन् । आफ्नो आत्मसमीक्षा भन्दा अरूमाथि धारेहात लगाएरै कुतर्कद्वारा जित्न सकिन्छ भन्ने मनोविज्ञानबाट उनी अझै मुक्त भएका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्