
पोखराबाट जोमसोमका लागि उडेको र बीचमै सम्पर्क विहिन भएको तारा एयरको जहाजका पाइलटको मोबाइलमा भने फोन लागिरहेको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार पाइलटको मोबाइल नम्बरमा सम्पर्क गर्दा फोनको घण्टी गइरहेको छ ।
‘आइतबार दिउँसो सवा एक बजे हामीले पाइलट प्रभाकर घिमिरेको मोबाइलमा फोन गर्दा फोनको रिङ बज्यो तर फोन उठ्न सकेको छैन,’ ठाकुरले लोकान्तरसँग भने, ‘नेपाल टेलिकमबाट उक्त मोबाइलको लोकेसन माग्दा मुस्ताङ्गको टीटी देखाएको छ ।’
मुस्ताङको टीटी ताल तर्फ मान्छे पठाउँदा त्यस क्षेत्रमा विमान नभेटिएको ठाकुरले बताए ।