×

NMB BANK
NIC ASIA

पश्चिम नवलपरासी कारागारबाट मुक्त भए १२ कैदी

जेठ १५, २०७९

NTC
Premier Steels

पश्चिम नवलपरासीको परासीस्थित कारागारबाट १२ जना कैदीहरू मुक्त भएका छन् । १५ औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट देशभरबाट कैद सजाय माफी मिनाहा पाएका ८१८ कैदीहरूमध्ये जिल्लामा कारागारमा रहेका उनीहरू कारागारमुक्त भएका हुन् ।

Muktinath Bank

सवारी ज्यानका ५, बहुविवाह ४, ज्यान मार्ने उद्योग १, कर्तव्य ज्यानका १ र गर्भपतन मुद्दाका १ जनाले कैद सजाय मिनाहा पाएको कारागार कार्यालयका जेलर जगतबहादुर बस्नेतले जानकारी दिए । मिनाहा पाउनेमा ४० प्रतिशत कैद भुक्तान गरेका १ र ५० प्रतिशत कैद भुक्तान गरेका ११ जना रहेको उनले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सवारी ज्यानमा कैद माफी पाउनेमा पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–५ का सन्तबहादुर महतो, गोरखा आरुघाट–५ का सुमन गुरुङ, रुपन्देही ओमसतिया–६ का पुण्टे तेली, पूर्वी नवलपरासी हुप्सेकाट– १ का शिवबहादुर परियार र रुपन्देही बुटवल–४ का सुनिल गुरुङ छन् ।


Advertisment
Nabil box
Kumari

त्यस्तै बहुविवाह मुद्दामा मिनाहा पाउनेमा नवलपरासी सरावल–७ का गुल्सन कुमार हरिजन, रुपन्देही गैडहवा–८ का जुना क्षेत्री, नवलपरासी प्रतापपुर–७ का गणेशप्रसाद चौधरी, पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–१ का विष्णुबहादुर विक छन् ।

Vianet communication

त्यस्तै कर्तव्य ज्यानमा पूर्वी नवलपरासी मध्यविन्दु नगरपालिका–१० का टीकाप्रसाद रसाइली र ज्यान मार्ने उद्योगमा नवलपरासी रामग्राम नगरपालिका–१६ का सुग्रिम कोहार प्रजापतिले कैद सजाय मिनाहा पाएका छन् । गर्भपतन मुद्दामा कपिलवस्तु वाणगंगा–६ की ३२ वर्षीया महिलाले पनि कैद सजाय मिनाहा पाएकी छन् ।

१५० पुरुष र २५ महिला गरी कुल १७५ कैदीबन्दी राख्ने क्षमता भएको कारागारमा हाल ५३१ जना छन् । जसमा ४३१  पुरुष, ७६ जना महिला र ३ जना आश्रित बालबालिका रहेको कारागार कार्यालयले जनाएको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

साउन ६, २०७८

मकवानपुरको मनहरि गाउँपालिका–८ हेटौंडा–नारायगढ सडकखण्डको सिमपानीमा रोकिराखेको एक ट्रकमा अवैधरूपमा ल्याइएको लागूपदार्थ गाँजा फेला परेपछि  ट्रकसहित चालकलाई स्थानीय प्रहरीले नियन्त्रणमा लिएको छ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x