
आगामी आर्थिक वर्षभित्र बुटवल–नारायणगढ सडक विस्तार कार्य सम्पन्न गरिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै तीन वर्षअघिदेखि विस्तार शुरू भएको यो सडक आउँदो आर्थिक वर्षभित्र सम्पन्न गर्ने घोषणा गरेका हुन् ।
तीन जिल्ला जोड्ने यो सडक अहिलेसम्म जम्मा १६ प्रतिशत काम मात्र सम्पन्न भएको छ । दुई लेनको यो सडक बजार क्षेत्रमा ६ र जंगलमा ४ लेनमा बिस्तारको काम अगाडि बढेको छ । यो सडक ११४ किलोमिटर छ ।