२२ असार २०८३, सोमबार

शिक्षा क्षेत्रको लागि ७० अर्ब ५ करोड विनियोजन

शिक्षा क्षेत्रको लागि ७० अर्ब ५ करोड विनियोजन

सरकारले शिक्षा क्षेत्रका लागि ७० अर्ब ५ करोड रकम छुट्याएको छ । अर्थमन्त्री जनार्दन शर्माले संसदमा बजेट प्रस्तुत गर्दै शिक्षा क्षेत्रमा उक्त रकम विनियोजन गरेको बताएका हुन् । 

सरकारले शिक्षा क्षेत्रतर्फ प्रदेशमा ५ अर्व ३२ करोड र स्थानीय तहतर्फ १ खर्ब २१ अर्व १ करोड हस्तान्तरण गर्ने उनले बताए । 

मेडिकल शिक्षाका लागि विदेशी विद्यार्थीको आकर्षण बढाउन मेडिकल कलेजहरुलाई प्रोत्साहन गर्ने नीति लिएको उनले बताए ।

सरकारले प्रधानमन्त्रीको जिल्ला डडेलधुरामा मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाउने कार्यक्रम पनि बजेटमा ल्याएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्