
पाल्पाको रामपुरलाई नयाँ शहरको रुपमा विकास गर्न अध्ययन गरिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले सांसदमा आइतवार आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै रामपुरलाई नयाँ शहरको रुपमा विकासको लागि अध्ययन गर्न बजेट विनियोजना गरेको घोषणा गरेका हुन् ।
रामपुर पाल्पाको दोस्रो शहरको रूपमा रहेको छ । रामपुर तानसेनबाट ६५ किलोमिटर टाढा पूर्व पाल्पामा पर्छ ।