
सरकारले आगामी आर्थिक वर्षदेखि वैदेशिक रोजगारीमा रहेका मजदुरलाई प्राथमिक शेयर निष्कासन (आईपीओ)मा १० प्रतिशत आरक्षण दिने भएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै बैंकिङ प्रणालीबाटै रेमिट्यान्स ल्याउन र रेमिट्यान्सको सदूपयोग गर्ने उद्देश्यले उक्त कार्यक्रम सार्वजनिक गरेको बताए ।