
सरकारले चितवनदेखि बुटवल एक घण्टामा पुग्ने गरी द्रुतमार्ग निर्माण गर्ने घोषणा गरेको छ ।
आइतवार संसदमा आर्थिक वर्ष २०७९/८० को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जर्नाजन शर्माले चितवनदेखि बुटवलसम्म द्रुतमार्गलाई पहिलो चरणमा प्राथमिकताका साथ निर्माण गरिने बताएका छन् ।
चितवन–रामपुर–बुटवल द्रुतमार्ग निर्माण गर्न लगानी बोर्ड मार्फत प्रक्रिया अघि बढाइने बजेटले उल्लेख गरेको अर्थमन्त्री शर्माले बताए ।