
सरकारले आगामी आर्थिक वर्षको आर्थिक वृद्धिदर ८ प्रतिशत पुर्याउने बताएको छ ।
चालू आर्थिक वर्षमा ५.८४ प्रतिशत मात्रै आर्थिक वृद्धिदर हुने अनुमान गरेको सरकारले आगामी वर्ष भने यो वर्षको भन्दा बढी आर्थिक वृद्धिदरको अनुमान गरेको छ ।
चालू आवको बजेटमा पनि सरकारले ७ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको थियो ।
उक्त आर्थिक वृद्धिदरलाई भने शनिबार सार्वजनिक भएको आर्थिक सर्वेक्षणमार्फत घटाएको छ ।