०७ साउन २०८३, बिहीबार

आयकर सीमा बढ्यो, अब वार्षिक ६ लाखसम्म कमाउनेलाई १ प्रतिशत मात्रै कर

आयकर सीमा बढ्यो, अब वार्षिक ६ लाखसम्म कमाउनेलाई १ प्रतिशत मात्रै कर

सरकारले आगामी आर्थिक वर्षदेखि लागू हुने गरी व्यक्तिगत आयकर सीमा बढाएको छ ।

आयकरको सीमा परिवर्तन गरेर सरकारले विवाहितका लागि हालको आम्दानीमा एक लाख ५० हजार रूपैयाँ र अविवाहितका लागि वार्षिक १ लाख रूपैयाँ थप आम्दानी गर्दासम्म आयकर नलाग्ने जनाएको हो । 

यस्तो व्यवस्थाअनुसार अब वार्षिक विवाहित व्यक्तिले ६ लाख रूपैयाँ र अविवाहितले ५ लाख रूपैयाँ कमाउँदासम्म आयकर तिर्नु पर्दैन । उक्त सीमासम्म आम्दानी गर्नेले जम्मा १ प्रतिशतको सामाजिक सुरक्षा कर तिरे पुग्छ ।

हाल यस्तो आयकरको सीमा विवाहित व्यक्तिका लागि वार्षिक ४ लाख ५० हजार रूपैयाँ र अविवाहितका ४ लाख रूपैयाँ छ । सो भन्दा बढी कमाउनेले मात्रै तोकिएको दरअनुसार आयकर तिर्नुपर्छ ।

अब वार्षिक ६ लाख रूपैयाँ आम्दानी हुने विवाहित र वार्षिक ५ लाख रूपैयाँ आम्दानी हुने अविवाहितले आफ्नो वार्षिक आम्दानीमा १ प्रतिशत मात्रै कर तिरे पुग्छ । 

यो कर पनि सामाजिक सुरक्षा कोषमा आवद्ध भएका संस्थाका कर्मचारीले भने तिर्नु पर्दैन ।

salt training

कमेन्ट गर्नुहोस्