
सरकारले आइतवार आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा रूपन्देहीका धेरै पुराना योजनाले निरन्तरता पाएका छन् भने केही नयाँ र महत्वकांक्षी योजना ल्याइएको छ ।
अर्थमन्त्री जर्नाजन शर्माले संसदमा आइतवार प्रस्तुत गरेको बजेटबाट विभिन्न आयोजनाहरूलाई समावेश गरेका छन् ।
रूपन्देही कर्साघाटको कृषी उपज केन्द्र निर्माण गरिने, मोतिपुर औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।
भैरहवाको विशेष औद्योगिक क्षेत्र (सेज) को पूर्ण रुपमा सञ्चालनमा ल्याइने भएको छ ।
त्यस्तै भैरहवामा एकीकृत भन्सार जाँच चौकी निर्माण गरिने, यात्रु चापलाई विश्लेषण गरी गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलको दोस्रो टर्मिनल भवन निर्माणको प्रकृया अगाडि बढाउने भएको छ । यसको लागि अघिल्लो बजेटमै स्रोत सुनिश्चित गरिएको छ ।
बुटवलमा इन्टरनेट एक्सचेञ्ज केन्द्र खोल्न संभाब्यता अध्ययन गरिने भएको छ ।
बुटवल मेडिकल कलेज र लुम्बिनी प्रादेशिक अस्पतालसँग समन्वयमा आयोजना अगाडी बढाइनेछ । बुटवल– नारायणगढ सडक आगामी आर्थिक वर्षभित्रै निर्माण सम्पन्न गरिनेछ ।
त्यस्तै बुटवल–गोरुसिगे सडक निर्माणका लागी डिपिआर निर्माण गरिनेछ ।
तिनाऊ नदीमा बहुउद्देशीय सिंग्नेचर ब्रिज निर्माणको डिपीआर निर्माण गरिने भएको छ ।
कालीगण्डकी– तिनाऊ डाइभर्सन आयोजना अध्ययन गरिनेछ । बुटवल– बेलहिया आगामी आ.व. मा निर्माण सम्पन्न गरिनेछ ।
सिद्धबाबा सुरुङ मार्ग निर्माण शुरू गरिनेछ । दुम्किबास–बर्दघाटको दाउन्नेमा सुरुङ मार्गको सम्भाब्यता अध्ययन गरिने भएको छ ।
बुटवल धागो कारखाना उपयुक्त ढाँचामा सञ्चालन गरिने बजेटले समेटेको छ ।
बुटवल भैरहवामा ट्राम यातायातको सम्भावना अध्ययन गरिनेछ । रुपन्देहीको सैनामैनामा ट्रमा सेन्टर स्थापना गरिनेछ ।
त्यस्तै शहरी नदी कोरिडोर कार्यक्रम अन्तर्गत रुपन्देहीको तिनाउ दानब नदी कोरीडोरमा तटबन्ध निर्माण र बस्ती संरक्षण कार्यक्रम सञ्चालनमा ल्याइने छ ।
यो आयोजनाले तिनाउ–दानब नदी कोरिडोर प्रभावित बासिन्दालाई व्यवस्थापन गर्न टेवा पुग्ने बताइएको छ ।
चितवन– रामपुर–बुटवल द्रुत मार्ग गरिने भएको छ ।