
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सुरक्षा भत्ता नलिने घोषणा गरेका छन् ।
सरकारले आगामी आर्थिक वर्षदेखि ६८ वर्षकै उमेरदेखि सामाजिक सुरक्षा भत्ता दिने घोषणा गरेको छ ।
'अब म पनि ६८ वर्षको भएँ, मैले पनि सामाजिक सुरक्षा भत्ता पाउने भएँ,' बजेट प्रस्तुत भइसकेपछि उनले सञ्चारकर्मीसँग भने, 'गरीब देशको नागरिक भएको हुनाले म आफूले लिने सामाजिक सुरक्षा भत्ता लिन्नँ ।'