१७ असार २०८३, बुधबार

सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनिन् कतारी राजकुमारी आश्मा

सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनिन् कतारी राजकुमारी आश्मा

कतारी राजकुमारी आश्मा विन्त थानी अल-थानी विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने पहिलो अरबी महिला बनेकी छन् । 

कतार ओलम्पिक कमिटीले आइतवार साँझ ट्वीट गर्दै सगरमाथाको टुप्पोमा कतारी झण्डा फहरिएकोमा खुशी व्यक्त गरेको छ ।  

राजकुमारी आश्मा नै पहिलो अरबी महिला हुन्, जसले नेपाल-भारतको सीमामा अवस्थित तेस्रो अग्लो हिमाल कञ्चनजंगाको सफल आरोहण गरेकी थिइन् । 

आश्माले सगरमाथाको उत्तर र दक्षिण दुवैतर्फबाट सफल आरोहण गरेकी छन् । आरोहणपछि इन्स्टाग्राममा पोष्ट लेख्दै उनले आफूले देखेको सपना पूरा भएको बताएकी छन् । साथै उनले ठूलो सपना देख्न संकोच नमान्न पनि सुझाव दिएकी छन् । 

सपना देखेपछि त्यसलाई पूरा गर्ने हिम्मत आउने उनको भनाइ छ । 

सगरमाथाको सफल आरोहण गर्ने पहिलो अरबी महिला राजकुमारी आश्माले विश्वका धेरैजसो अग्ला हिमालको सफल आरोहण गरिसकेकी छन् ।

salt training

कमेन्ट गर्नुहोस्