२४ असार २०८३, बुधबार

‘कबड्डी ४’ : ३ दिनको ग्रस कमाई ९ करोडभन्दा माथि

‘कबड्डी ४’ : ३ दिनको ग्रस कमाई ९ करोडभन्दा माथि

गत शुक्रवारदेखि प्रदर्शनमा आएको चलचित्र ‘कबड्डी ४’ले कीर्तिमानी कमाई गरेको छ । चलचित्रले प्रदर्शनको पहिलो ३ दिनमा ९ करोडमाथिको ग्रस कमाई गरेको हो । 

चलचित्रले ३ दिनमा ९ करोड १५ लाख रुपैयाँको ग्रस कमाइ गरेको वितरक गोविन्द शाहीले लोकान्तरसँग बताए । 

उनका अनुसार चलचित्रले प्रदर्शनको पहिलो दिन शुक्रबार ३ करोड ५ लाख, दोस्रो दिन शनिबार ३ करोड १५ लाख र तेस्रो दिन आईतबार २ करोड ९५ लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । 

सोमबार पनि ९० प्रतिशत अकुपेन्सी रहेको शाहीले बताए । मल्टीप्लेक्समा सर्वाधिक शो पाउँदै प्रदर्शन अगावै ठूलो रेकर्ड बनाएको चलचित्रले तीन दिनमा कीर्तिमानी कमाई गरेको हो । अहिलेसम्म कुनै पनि नेपाली चलचित्रले तीन दिनमा यति कमाई गर्न सकेका थिएनन् । 

‘३ दिनमा यत्तिको व्यापार अहिलेसम्म कुनै चलचित्रले गरेको छैन’ वितरक शाहीले लोकान्तरसँग भने, ‘आउँदा दिनमा पनि यही रफ्तारले गयो भने धेरै राम्रो व्यापार गर्छ ।’

तीन करोड लगानीमा निर्माण भएको भनिएको चलचित्रले रिलिजअघि नै विदेश र डिजिटल राइटस्बाट लगानी सुरक्षित गरिसकेको छ । रामबाबु गुरुङ निर्देशित ‘कबड्डी ४’मा दयाहाङ राई, सौगात मल्ल र मिरुना मगरको शीर्ष भूमिका रहेको छ । चलचित्रको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले मिलेर लेखेका हुन् । मणिराम पोखरेल, विशाल गुरुङ, सुष्मा गुरुङ, मधु मिजार, ओम चन्द रौनियार निर्माताका रुपमा छन् ।

चलचित्रले दर्शकको राम्रो साथ पाएपछि समीक्षकको नजरमा भने चलचित्र कमजोर देखिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्