१९ असार २०८३, शुक्रबार

दीपकराज गिरिको कटाक्षः प्रक्रिया त सिक्नैपर्छ बालेनजी

दीपकराज गिरिको कटाक्षः प्रक्रिया त सिक्नैपर्छ बालेनजी

कलाकार दीपकराज गिरिले काठमाडौं महानगरपालिकाको पहिलो नगर कार्यपालिका बैठकमा भएको वावविवादमा कटाक्ष गरेका छन् । बैठक सञ्चालनको प्रक्रिया नमिलेको भन्दै केही वडाध्यक्ष विरोध गर्दा भएको वादविवादलाई लक्षित गर्दै गिरिले कटाक्ष गरेका हुन् । 

सो क्रममा एक जना वडाध्यक्षले मेयर बालेन्द्र साह (बालेन)लाई प्रक्रिया सिकेर आउन चेतावनी समेत दिएका थिए । सोहीप्रति कटाक्ष गर्दै गिरिले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रक्रिया सिकेर आउनु पर्छ । सही हो, कुरा एकदम ठिक हो । बॉदरहरू कसरी तह लगाउने त्यो  प्रक्रिया त अब सिक्नै पर्छ बालेनजी ।'

salt training

कमेन्ट गर्नुहोस्