
बलिउड अभिनेता आयुष्मान खुरानाको पहिलो चलचित्र थियो ‘विक्की डोनर’ । यस चलचित्रले आयुष्मानको करियरलाई तीव्र गतिमा अगाडि बढ्न सहयोग गरायो ।
आयुष्मानले विक्की डोनरपछि दम लगा के हइशा, शुभ मंगल सावधान, बधाई हो, बरेलीकी बर्फी, बाला, ड्रीम गर्ल, आर्टिकल १५, अन्धाधुन जस्ता धेरै चलचित्र सूपरहिट भए ।
यी चलचित्रहरूमा आयुष्मानको अभिनयको चर्चा अहिलेसम्म पनि हुने गरेको छ ।
बलिउडमा चर्चित बनेका आयुष्मानले यो अवस्थासम्म आइपुग्न केही संघर्ष पनि गर्नुपरेको थियो ।
आयुष्मान करिअर बनाउनका लागि मुम्बई आएका थिए । त्यहाँ उनलाई त्यति सहज थिएन । उनले आफ्नो एक साथीसँग सहयोग मागे ।
आयुष्मानको साथी मेडिकल कलेजको होस्टलमा बस्दथे ।
त्यहाँ साथीसँथै बस्नका लागि आयुष्मानलाई सहज हुन्थ्यो । तर मेडिकल कलेजको होस्टलमा सोही कलेजका विद्यार्थीमात्रै बस्न सक्दथे ।
त्यसपछि आयुष्मानले डक्टरको कोट लगाएर होस्टलमा जान थाले । होस्टलको वाचमेनले समेत उनलाई डाक्टर नै सम्झन्थे ।
त्यसरी आयुष्मानले केही महिना गुजारा चलाएको उनले द कपिल शर्मा शोमा खुलासा गरेका छन् ।