
रुपन्देहीको नापी कार्यालय भैरहवामा कार्यरत अमिन टेकबहादुर रायमाझी ३० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले आज उनलाई घुस लिइसकेको अवस्थामा रंगेहात पक्राउ गरेको हो।
मंगलवार १०:३५ बजे रूपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं.५ मा रहेको ३ नं. नापी टोली कार्यालयको सरकारी क्वार्टरबाट उनलाई पक्राउ गरिएको हो।
सेवाग्राहीको जग्गाको हालसाविक मिलाइदिने प्रयोजनार्थ सेवाग्राहीबाट उनले घुस लिएको अख्तियारले जनाएको छ ।
रायमाझीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।