०३ असार २०८३, बुधबार

टीभीएसद्वारा बागमती प्रदेशमा एओजीको पहिलो राइड सम्पन्न, ३५ जना राइडर्स सहभागी

टीभीएसद्वारा बागमती प्रदेशमा एओजीको पहिलो राइड सम्पन्न, ३५ जना राइडर्स सहभागी

लोकप्रिय टू–ह्वीलर्स कम्पनी टीभीएसले आफ्नो ग्राहकको लागि अपाचे ओनर्स ग्रुप (एओजी) नामक अपाचे  धनी र रोमाञ्चक राइडमा सहभागी हुने इच्छुक उत्साहीहरूको समूह बनाएको छ । 

सो समूहबाट ३५ जनाले  गत शनिवार आफ्नो धादिङ गोर्खा बिच रेसोर्टसम्म  पहिलो राइड गरेका छन् ।

विभिन्न पेसाका सहभागीहरूले भाग लिएको एओजीमा सहभागीताको लागि २०० भन्दा धेरै आवेदन फारम भरेपछि, चयन प्रक्रियामा ३५ जनाको चयन भएका थिए ।

 नेपालका लोकप्रिय मोटोव्लगर एमआरबी भ्लग्स (विविध जङ्ग थापा)  लगायत अरू विभिन्न भ्लगरहरु पनि सो राइडमा उपस्थित थिए । 

बागमती प्रदेशमा भएको संस्करण लागि दर्ता गरेको बाँकी राइडर्सहरूलाई टीभीएसले बागमती कै आगामी संस्करणहरूमा उपस्थित गराउने जनाएको छ। 

टीभीएसले आफ्नो ग्राहकको लागि विभिन्न कार्यक्रम र एड्भेन्चर राइड सञ्चालन गरिरहेको छ ।

टीभीएसले बागमती प्रदेशसँगै गण्डकी प्रदेशमा पनि एओजी राइडको लागि दर्ता प्रक्रिया खुला गरिसकेको छ ।

यस्तै   नारायणी, कोशी, लुम्बिनी, महाकाली जस्ता नेपालको विभिन्न ठाउँहरूमा पनि एओजी राइड सञ्चालन गर्ने टीभीएसले जनाएको छ। 

एओजीमा सहभागी भई विभिन्न राइडमा जान सकिन्छ र त्यति मात्र नभई अन्तर्राष्ट्रिय कार्यक्रमहरूको पनि भाग हुने मौका पाइने टीभीएसले जनाएको छ । 

यो राइड अनुभवी मार्शलहरुको निगरानीमा भएको थियो जसमा राइडरहरूलाई रोड सेफ्टीजस्ता विभिन्न प्रशिक्षण दिएको थियो।

 यस एओजी राइडमा सहभागी हुने सबै राइडर्सहरूलाइ टीभीएसले फ्री राइडिङ गियर्स  उपलब्ध गरेको थियो।  

जगदम्बा मोटर्स प्रा.लि. नेपालमा टिभिएस टू–ह्वीलर्सको लागि एक मात्र आधिकारिक वितरक हो । 
 

salt training

कमेन्ट गर्नुहोस्