०८ साउन २०८३, शुक्रबार

इरानमा भवन भत्कँदा मृत्यु हुनेको संख्या ३४ पुग्यो

इरानमा भवन भत्कँदा मृत्यु हुनेको संख्या ३४ पुग्यो

इरानको राजधानी तेहरानमा एक भवन भत्कँदा त्यसमा परेर ज्यान गुमाउने व्यक्तिको संख्या ३४ पुगेको छ ।

साथै भत्किएको भवनमा उद्धारकार्य जारी रहेको मङ्गलबार बताइएको छ ।

अब्दान सहरको व्यस्त सडकमा निर्माणाधीन १० तले भवन भत्किएको जनाइएको छ । 

मंगलवार बिहान अर्को चार शव फेला परेपछि मृत्यु हुनेको कुल संख्या ३४ पुगेको राज्यद्वारा सञ्चालित समाचार एजेन्सी इर्नाले सहरका गभर्नर एहसान अब्बासपुरलाई उद्धृत गर्दै जनाएको छ । 

गत आइतवार भत्किएको सो १० तले भवनमा परेर अरु केही व्यक्ति घाइते पनि भएका थिए ।

सो भवन निर्माणाधीन अवस्थामा रहेको थियो । सहरकोबीच भागमा निकै भीडभाड हुने क्षेत्रमा सो भवन निर्माण गरिएको बताइएको छ । हराएकाको खोजीका लागि ठूलो सङ्ख्यामा प्रहरी र उद्धारकर्मी परिचालन गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्