१० साउन २०८३, आइतबार

भारतमा एक दिनमा २ हजार ३३८ कोरोना सङ्क्रमित

भारतमा एक दिनमा २ हजार ३३८ कोरोना सङ्क्रमित

भारतमा सोमवार कोरोनाको दैनिक सङ्क्रमणमा थोरै गिरावट देखिएको छ । 

पछिल्लो २४ घण्टामा यस देशमा दुई हजार ३३८ नयाँ सङ्क्रमित दर्ता भएका स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलवार जानकारी दिएको छ ।

आइतवार एक दिनमा दुई हजार ७०६ जना कोरोना सङ्क्रमित भएका थिए । आइतवारको तुलनामा सोमवार कोरोना सङ्क्रमितको संख्यामा केही कमी आएको देखिएको छ । 

हाल यहाँ  १७ हजार ८८३ सक्रिय सङ्क्रमितसक्रिय रहेका छन् ।  यो संख्या कुल सङ्क्रमितको ०।०४ प्रतिशत हो  । 

पछिल्लो २४ घण्टामा २ हजार १३४ जनालाई कोरोना निको भएपछि कुल ४ करोड २६ लाख १५ हजार ५७४ पुगेको छ । अहिले कोरोना भाइरस मुक्ति दर ९८.७४ प्रतिशत रहेको छ ।

स्वास्थ्य मन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा १९ जनाको मृत्यु भएसँगै मृत्यु हुनेको संख्या ५ लाख २४ हजार ६३० पुगेको छ ।

भारतले  सोमवार ३ लाख ६३ हजार ८८३ जनाको कोभिड परीक्षण गरेको छ । हालसम्म भारतमा कुल ८५ करोड ४  लाख कोभिड परीक्षण गरिएको छ । 

भारतमा सन् २०२१ जनवरीबाट राष्ट्रव्यापी खोप अभियान शुरू गरिएको थियो । सो समयदेखि हालसम्म १ अर्ब ९३ करोड डोज खोप लगाइएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्