
आन्तरिक उडानमा जहाजको इनरुटको मौसम सम्बन्धी निर्णय गर्ने अधिकार विमानस्थलले मात्रै गर्ने भएको छ ।
हालसम्म पाइलट इन कमान्डमा रहेको अधिकार अब विमानस्थलमा मात्रै सीमित गर्ने निर्णय भएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता देवचन्द्रलाल कर्णले बताए ।
‘यो निर्णयपछि अब जहाजको रुटको मौसम सम्बन्धी निर्णय विमानस्थलबाट मात्रै हुनेछ । हाल क्याप्टेनले मात्रै गर्न सक्ने यस्तो निर्णय अब हरेक विमानस्थलले नै गरेर उडान अनुमति दिनेछ,’ उनले भने, ‘प्राधिकरणको यो निर्णयपछि मौसम पूर्णतः सफा भएको यकिन गरेर विमानस्थलले अनुमति नदिएसम्म कुनै पनि आन्तरिक उडान हुँदैन ।’