०६ असार २०८३, शनिबार

कारागारभित्र हरिजन आत्महत्या प्रकरण छानबिन गर्न अर्काे समिति गठन

कारागारभित्र हरिजन आत्महत्या प्रकरण छानबिन गर्न अर्काे समिति गठन

गृह मन्त्रालयले रोल्पा कारागार कार्यालयमा जेठ ४ गते कारागारभित्रका बन्दी सुन्दर हरिजनको आत्महत्या गरेको घटनाका सम्बन्धमा सत्यतथ्य छानबिन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ । 

मन्त्रालयका सहसचिव सूर्यप्रसाद सेढाईंको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरिएको हो । 

गृह मन्त्रीस्तरीय निर्णयबाट गठित समितिलाई ७ दिनभित्र प्रतिवेदन पेश गर्न कार्यादेश दिइएको मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जानकारी दिए ।

समितिमा मन्त्रालयका उपसचिव झंकनाथ ढकाल, नेपाल प्रहरीका उपरीक्षक भूपेन्द्र खत्री, राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक विश्वमणि आचार्य र जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत सदस्य रहेका छन् ।

यसअघि हरिजनको आत्महत्या सम्बन्धमा छानबिन गर्न बनाइएको कारागार विभागका निर्देशक झरेन्द्रप्रसाद चापागाईं नेतृत्वको समितिले सोमवार प्रतिवेदन बुझाइसकेको भट्टराईले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्