२५ असार २०८३, बिहीबार

प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित

प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित
फाइल फोटो

प्रतिनिधि सभाको मंगलवारको बैठकले सांसद स्व. डा. डिम्पलकुमारी झाको निधनमा शोक प्रस्ताव पारित गरेको छ ।

बैठकले सभामुख अग्निप्रसाद सापकोटाले प्रस्तुत गरेको शोक प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

बैठकले उनको निधनप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुका साथै १ मिनेट मौनधारण गरेको थियो ।

विक्रम संवत् २०७० सालको संविधानसभा निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित सदस्य एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका केन्द्रीय सदस्य झाको ४४ वर्षको उमेरमा गत वैशाख १० गते क्यान्सर रोगको उपचारको क्रममा निधन भएको थियो ।

प्रतिनिधि सभाको अर्को बैठक जेठ १८ गते बुधवार बिहान ११ बजे बस्नेछ ।

salt training

कमेन्ट गर्नुहोस्