
अहिले काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा मौसम सामान्य बदली रहेको छ ।
नेपालमा स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यून चापीय रेखा र पश्चिमी वायुको प्रभाव रहेकाले पनि मौसममा सामान्य बदली आएको मौसम विभागले जनाएको छ।
हाल देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही प्रदेश १ र गण्डकी प्रदेशका एक-दुई स्थानहरूमा मेघ गर्जन तथा चट्याङ्ग सहित हल्का वर्षा भइरहेको विभागले जनाएको छ ।
आज दिउँसो तथा राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि बाँकी भू-भागमा आंशिक बदली रहने विभागले जनाएको छ ।
बुधवार दिउँसो तथा राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केहि स्थानहरुमा र अन्य प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानहरुमा मेघ गर्जन तथा चट्याङ्ग र हावा हुरी सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।