
एनएमबि बैंकद्वारा विभिन्न कारणले जोखिममा परेका महिलाहरुलाई उद्धार तथा शशक्तिकरण गर्दै आएको गैरसरकारी संस्था “छोरी”मा आवद्ध महिलाहरुलाई वित्तीय साक्षरता कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा छोरी संस्थाका ५५ जना महिलाहरुको उपस्थिति रहेको थियो ।
बैंकको लघुवित्त विभागद्वारा आयोजित उक्त कार्यक्रमा उपस्थित महिलाहरुलाई उत्प्रेरणाको साथै बचत, लगानी, बिभिन्न प्रकारका कर्जाहरू तथा बैंकबाट प्राप्त गर्न सकिने अन्य बिभिन्न सेवाहरुको बिषयमा वित्तीय शिक्षा प्रदान गरिएको थियो ।
उक्त कार्यक्रममा एनएमबि बैंकका तर्फबाट कर्मचारीहरु डा. बुद्धि मल्ल, शरद पौडेल, नबिन पन्थी र छोरी संस्थाको तर्फबाट कार्यक्रम संयोजक शारदा पुरीको उपस्थिति रहेको थियो ।
विगतका वर्षहरू देखी नै महिला उद्यमशील सहुलियतपूर्ण कर्जा लगानीमा अग्रणी रहेको यस बैंकले महिला सशक्तीकरणको लागि बिभिन्न समयमा बिभिन्न समूहहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु आयोजना गर्दै आईरहेको छ ।
छोरी संस्थाका महिलाहरुलाई गरिएको यस कार्यक्रमले उनीहरुमा वित्तीय ज्ञान प्राप्त भई आत्मनिर्भर बन्न सघाउ भई समग्र अर्थतन्त्रलाई नै सकरात्मक प्रभाव पर्ने बिश्वास लिएको बैंकले जनाएको छ ।
बैंक र छोरी संस्था दुबैले भविष्यमा पनि यस्ता वित्तीय साक्षरता कार्यक्रम तथा अन्य सम्भावित कार्यक्रमहरुमा सहकार्य गर्ने जानकारी गराएका छन् ।