२६ असार २०८३, शुक्रबार

वीरगञ्ज महानगरपालिकाको कार्यपालिकाले पूर्णता पायो

वीरगञ्ज महानगरपालिकाको कार्यपालिकाले पूर्णता पायो

वीरगञ्ज महानगरपालिकाको कार्यपालिका सदस्यमा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार विजयी भएका छन् । ३२  वडा रहेको यस महानगरको कार्यपालिका सदस्यको निर्वाचनबाट ती दुई पार्टीका चार–चार सदस्य निर्वाचित भएका हुन् ।

दलित वा अल्पसङ्ख्यक सदस्यमा गठबन्धनबाट कांग्रेसका कन्हैया प्रसाद , जसपाका खैरुद्धिन मियाँ धोबी र निरञ्जन प्रसाद सोनार निर्वाचित भएक छन् । यसैगरी पाँच महिला सदस्यमा पनि सत्ता गठबन्धनमध्येबाट कांग्रेसका कनिका कौशिक, नितुकुमारी राम  र राधादेवी कार्की  तथा जसपाबाट कलावतीदेवी राजपुतिन र रबुलसन खातुन निर्वाचित भएका छन् ।

कार्यपालिका सदस्यका लागि भएका निर्वाचनमा १६२ मतदातामध्ये १५९ जनाले मात्रै मतदान गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्