०२ साउन २०८३, शनिबार

लोडसेडिङ अन्त्यले २० अर्ब बढी बचत हुने

कात्तिक २०, २०७४
लोडसेडिङ अन्त्यले २० अर्ब बढी बचत हुने


काठमाडौँ, १९ पुस - विद्युत्भार कटौती अन्त्य हुने हो भने रु २० अर्ब बराबरको पेट्रोल, डिजलमा खर्च हुने रकम स्वदेशमा नै रहने आज यहाँ आयोजित कार्यक्रममा तथ्याङ्क पेस गरिएको छ ।bulb_PNG1247

नेपाल उद्योग वाणिज्य महासङ्घले आज यहाँ आयोजना गरेको कार्यक्रममा महासङ्घका ऊर्जा समितिका सभापति ज्ञानेन्द्रलाल प्रधानले विद्युत्भार कटौतीको अन्त्यले रु १६ अर्बको पेट्रोलियम पदार्थ र रु चार अर्बको अन्य खर्च स्वदेशमा नै रहने वातावरण पैदा भएको बताए ।

मुलुकलाई अगाडि बढाउने प्रमुख र महत्वपूर्ण आधार भएकाले ऊर्जा क्षेत्रमा लगानी बढाउन आफूहरु तयार रहेको उद्योगी तथा व्यावसायीले बताए ।

यसैबीच अर्को अन्तरक्रियामा ऊर्जामन्त्री जनार्दन शर्माले आगामी डेढ वर्षभित्र उद्योगी तथा व्यवसायीले माग गरेअनुसारको विद्युत् उपलब्ध गराउन सरकार तयार रहेको भन्दै नयाँ नयाँ उद्योग व्यवसाय खोल्ने कार्य थालनी गर्न आग्रह गरे ।

salt training

कमेन्ट गर्नुहोस्