०५ साउन २०८३, मंगलबार

आठ महिनामै फिर्ता भए ४ मन्त्री

आठ महिनामै फिर्ता भए ४ मन्त्री

नेकपा एसबाट मन्त्री बनेका चार मन्त्रीलाई पार्टीले सरकारबाट फिर्ता बोलाएको छ । आइतवार बसेको सचिवालय बैठकले चार मन्त्रीलाई फिर्ता बोलाएर नयाँलाई सरकारमा पठाउने निर्णय गरेको हो । 

स्वास्थ्य मन्त्री विरोध खतिवडा, शहरी विकास मन्त्री रामकुमारी झाँक्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र श्रम तथा रोजगार मन्त्री किशान श्रेष्ठ फिर्ता बोलाइएका हुन् । 

प्रभावकारी ढंगले काम गर्न नसकेको निष्कर्ष निकाल्दै नयाँलाई सरकारमा पठाउने निर्णय भएको नेकपा एसका एक नेताले जानकारी दिए । 

नयाँ मन्त्रीको जिम्मेवारीमा जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य, मेटमणि चौधरी शहरी विकास र हिरा केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन सिफारिश गरिएको नेकपा एसका नेता डा. विजय पौडेलले लोकान्तरलाई जानकारी दिए । 

खापुङ यसअघि स्वास्थ्य राज्यमन्त्री थिए भने कुँवर राष्ट्रिय सभाका पूर्व सदस्य हुन् । सांसद नरहेका व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था अनुसार कुँवर मन्त्रीमा सिफारिस भएका हुन् । 

गत असोज २२ गते नेकपा एसका मन्त्रीले शपथ लिएका थिए । नेकपा एसको सिफारिशमा मन्त्री बनेका कानून मन्त्री गोविन्द बन्दी कोइराला भने यथावत छन् ।

salt training

कमेन्ट गर्नुहोस्