०६ साउन २०८३, बुधबार

बुटवलका व्यवसायी बस्यालको दुखान्तः आफू चढेको गाडी बिग्रियो, अर्कोमा आउँदा मृत्यु

बुटवलका व्यवसायी बस्यालको दुखान्तः आफू चढेको गाडी बिग्रियो, अर्कोमा आउँदा मृत्यु

बुटवलका युवा उद्यमी कृष्णप्रसाद बस्याल जहाँ जाँदा पनि आफ्नै गाडी प्रयोग गर्थे । आफैँ ‘ड्राइभ’ गर्थे । 

आफ्नै गाडीमा आउजाउ गर्ने बस्याल केही दिनअघि भने भैरहवाबाट हवाईजहाजमा व्यावसायिक कामका लागि काठमाडौं गएका थिए । उनी शनिवार साँझ सार्वजनिक गाडीमा बुटवल फर्किँदै थिए । 

उनी चढेको गाडी चितवन नारायणगढ आइपुग्दा बिग्रियो । तर, गाडी मर्मत गरेर अगाडि बढ्न समय लाग्ने भएपछि उनी जनकपुरबाट भैरहवा आउँदै गरेको गाडीमा चढे । 

बिग्रिएको गाडी छाडेर छिटो घर आउने बस्यालको चाहना भने पूरा हुन सकेन ।

आइतवार बिहानै उनी चढेको जनकपुरबाट आएको लु २ ख ३८४१ नम्बरको गाडी रुपन्देहीको रोहणी पुलबाट खस्यो, जहाँ बस्यालको मृत्यु भयो ।  

सानै उमेरबाट व्यवसाय गर्दै आएका बस्याल बुटवल कालीकानगरमा प्रतिष्ठित हार्डवेयर व्यवसायीको रुपमा परिचित थिए । 

बस्यालको बुटवल–११ कालीकानगरमा बस्याल हार्डवेयर सञ्चालनमा छ ।

salt training

कमेन्ट गर्नुहोस्