
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार पैसाबाहेक अरू केही पनि नसोच्नेहरूको हातमा पुगेको टिप्पणी गरेका छन् ।
अध्यक्ष ओलीले वातावरण विनाशको डिलमा पुग्न लागेको उल्लेख गर्दै यसबारे केही ‘नलेज’ छ कि छैन ? भनेर सरकारलाई प्रश्नसमेत गरे ।
विश्व वातावरण दिवसको अवसर पारेर आइतवार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नेपालको हिमालले वातावरण संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्ने भएकै कारण आफू नेतृत्वको सरकारले तय गरेको ‘सगरमाथा संवाद’ कार्यक्रमलाई अगाडि बढाउन वर्तमान सरकार सक्षम नभएको आरोप लगाए ।