
भारतीय अटोमोबाइल उत्पादन कम्पनी टाटा मोटर्सले सन् २०२२ को मेमा भारतमा मात्रै कुल ४३ हजार ३४१ वटा गाडी बिक्री गरेको छ ।
योसँगै भारतमा सर्वाधिक गाडी बिक्री गर्ने कम्पनीमध्ये गत महिना टाटा मोटर्स दोस्रो स्थानमा परेको छ ।
कुल बिक्री भएको गाडीहरूमध्ये कम्पनीले विद्युतीय नेक्सन र टिगोर गरी ३ हजार ४५४ वटा विद्युतीय गाडी बिक्री गरेको थियो ।