×

NMB BANK
NIC ASIA

देशैभर वडाध्यक्षमा एमालेभन्दा १ लाख ७५ हजार बढी मत ल्याएर पहिलो पार्टी भएको कांग्रेसको दाबी

जेठ २६, २०७९

NTC
फाइल फोटो
Premier Steels

स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसले देशभर वडाध्यक्षमा नेकपा एमालेभन्दा बढी मत ल्याएर पहिलो दल भएको बताएको छ । 

Muktinath Bank

कांग्रेसले निर्वाचनअघि बनाएको स्थानीय तह केन्द्रीय निर्वाचन परिचालन समिति अनुगमन, मूल्यांकन तथा सुपरीवेक्षण उपसमितिले बिहीवार सार्वजनिक गरेको प्रतिवेदनअनुसार कांग्रेसका वडाध्यक्षका उम्मेदवारले एमालेभन्दा १ लाख ७५ हजार ७६ मत बढी ल्याएको जनाइएको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल संयोजकत्वको उपसमितिले बुधवार केन्द्रीय निर्वाचन परिचालन समितिका संयोजक पूर्णबहादुर खड्कालाई प्रतिवेदन बुझाएको छ । पौडेल नेतृत्वको उपसमितिले सोही प्रतिवेदन बिहीवार सार्वजनिक गरेको छ । 


Advertisment
Nabil box
Kumari

‘कांग्रेसका वडाध्यक्षका उम्मेदवारले पाएको मत ३८ लाख ८३ हजार १३८ छ । जुन नेकपा एमालेका वडाध्यक्षका उम्मेदवारले पाएको मतभन्दा १ लाख ७५ हजार ७६ बढी छ,’ प्रतिवेदनमा उल्लेख छ ।

Vianet communication

मतगणना गर्दा विजयी, प्रत्यासी र तेस्रो स्थानसम्म आएका उम्मेदवारको मतलाई आधार बनाइएको पौडेलले बताए । 

स्थानीय निर्वाचनमा ७ वटै प्रदेशमा कांग्रेस पहिलो पार्टी भएको उनले बताए । बागमती र कर्णाली प्रदेशमा एमालेभन्दा दोब्बर संख्यामा कांग्रेस विजयी भएको पनि पौडेलले बताए । 

यसपटक स्थानीय तहमा देशभरमा कांग्रेसले ३२९ अर्थात् ४४ प्रतिशत स्थानीय तहमा जीत हासिल गरेको उपसमितिको प्रतिवेदनमा उल्लेख छ । 

गठबन्धनलाई प्रभावकारी रूपमा परिचालन गर्न सकिएको, टिकट वितरणलाई व्यवस्थित बनाउन सकिएको र आन्तरिक व्यवस्थापन मजबुत बनाउन सकेको भए कांग्रेसले ४५० भन्दा बढी स्थानीय तहमा जीत निकाल्न सक्ने अवस्था देखिएको पौडेलको दाबी छ । 

अहिले कांग्रेस पहिलो पार्टी भए पनि मतमा भने उल्लेख्य सुधार भएको मान्न नसकिने पौडेलले प्रतिवेदनमा उल्लेख गरेका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

आफैँ हराएको सूचना !

आफैँ हराएको सूचना !

बैशाख २२, २०८१

मानव स्वभाव प्रायः म र मेरो भन्ने हुन्छ । जस्तोसुकै आदर्शको कुरा गरे पनि, जतिसुकै महान देखिन खोजे पनि यी म र मेरोमा अलिकति धक्का लाग्नेबित्तिकै, ढेस पुग्नेबित्तिकै त्यस्ता आदर्श र महानता कुन सड्को ‘फू&rsquo...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

x