३० जेठ २०८३, शनिबार
सिंहदरबारमै तनाव

संघीय मामिला मन्त्री श्रेष्ठलाई पार्टीकै सांसदले कार्यकक्षमा पुगेर गरे हातपात

जेठ २६, २०७९
संघीय मामिला मन्त्री श्रेष्ठलाई पार्टीकै सांसदले कार्यकक्षमा पुगेर गरे हातपात

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठलाई पार्टीकै नेताले हातपात गरेका छन् ।

जनता समाजवादी पार्टी जसपाका प्रभावशाली नेता समेत रहेका श्रेष्ठलाई सोही पार्टीका मधेश प्रदेश अध्यक्ष रामबाबु यादवले हातपात गरेका हुन् ।

आफ्नो क्षेत्रमा बजेट नपारिदिएको भन्दै यादवले सिंहदरबारस्थित मन्त्रीकै कार्यकक्षमा आएर हातपात गरेको स्रोतले दाबी गर्‍यो ।

यादव बारा क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । यसबारे प्रतिक्रिया माग्दा यादवले चर्काचर्की मात्र परेको बताए ।

'मेरो निर्वाचन क्षेत्रको योजना पेश गर्दा पनि बजेटमा नआएपछि किन नआएको भनेर प्रश्न गर्न जाँदा चर्काचर्की भएको हो,' यादवले लोकान्तरसँग भने ।

स्रोतका अनुसार यादवले हातपात गरेपछि पीएसओ नै आएर बचाउनुपरेको थियो । त्यसपछि प्रहरी समेत बोलाइएको स्रोतको दाबी छ ।

घटनास्थलमै रहेका निलम्बित सांसद हरिनारायण रौनियारले पनि तनाव भएको स्वीकारे । तर, उनले विस्तृतमा खुलाउन चाहेनन् ।

salt training

कमेन्ट गर्नुहोस्