२२ जेठ २०८३, शुक्रबार

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र ओमान भिड्ने

आईसीसी विश्वकप क्रिकेट लिग–२ : नेपाल र ओमान भिड्ने
प्रतिकात्मक तस्वीर

आईसीसी विश्वकप क्रिकेट लिग–२ त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत अमेरिका भ्रमणमा रहेका नेपाली क्रिकेट टोलीले चिरपरिचित प्रतिद्वन्द्वी ओमानको सामना गर्दैछ ।

अमेरिकाको ह्युस्टनस्थित क्रिकेट स्टेडियममा हुने खेल नेपाली समयअनुसार बिहीवार राति ९ः१५ बजेदेखि शुरू हुनेछ ।

नेपाललाई अमेरिकामा हुने त्रिकोणात्मक १ दिवसीयका सबै खेल जित्नै पर्ने दबाब रहेको छ । आगामी वर्ष हुने १ दिवसीय विश्वकप छनोटमा सिधै स्थान बनाउनका लागि पनि नेपाललाई बाँकी खेल जित्नै पर्ने दबाब रहेको हो तर नेपाललाई सबै खेल जित्न त्यति सहज भने छैन । 

नेपालका पहिलो रोजाइका ओपनर आसिफ शेख र कुशल भुर्तेल चोटका कारण आजको खेलमा उपस्थित हुने छैनन् । उनीहरूको स्थानमा प्रशिक्षक पुबुदु दसानायाकेले ओपनर सुवास खकुरेल र सुनिल धमालालाई अमेरिका बोलाएका छन् ।

सुवास सन् २०२० र सुनिल सन् २०१७ पछि नेपाली टोलीमा फर्किएका हुन् । 

नेपालको तुलनामा ओमान बलियो टोली देखिन्छ । नेपाल र ओमनबीचको १ दिवसीय खेलमा हालसम्म ४ खेल भएको छ । जसमध्ये नेपालले १ खेल जितेको छ भने बाँकी ३ खेल ओमानले जितेको छ । 

विश्वकप लिग २ मा नेपालले यसअघि खेलको १२ खेलमा १२ अंक जोडेको छ । नेपालले ६ खेलमा जीत तथा ६ खेलमा हार व्यहोर्दै १२ अंक जोडेको हो । नेपाल अंक तालिकाको छैटौं स्थानमा छ । 

ओमनले भने ४० अंक जोड्दै अंक तालिकाको शीर्ष स्थानमा रहेको छ । ओमानले ३३ खेलमा १९ मा जीत, १२ मा हार तथा एक खेल खेलमा बराबरीको नतिजा ल्याएको छ । लिगमा रहेका ७ टोलीमध्ये सबैभन्दा कम खेल खेलेको पनि नेपाल नै हो । 

स्कटल्याण्ड दोस्रो स्थानमा छ भने संयुक्त अरब इमिरेट्स (युएई) तेस्रो स्थानमा छ । अमेरिका चौथो स्थानमा रहदा नामिबिया पाँचौं स्थानमा छ । पपुवा न्यूगिनी भने सातौं स्थानमा छ ।  

सिरिजअन्तर्गत नेपालले दोस्रो खेल यही जेठ २८ गते घरेलु टोली अमेरिकासँग खेल्नेछ भने तेस्रो खेल जेठ ३१ गते ओमानसँग पुन खेल्नेछ । त्यसैगरी सिरिजको अन्तिम खेल असार १ गते नेपालले अमेरिकाससँग खेल्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्